काठमाडौँ । डा. रामवरण यादवले चुनावअघिको गठबन्धनले नेपाली काँग्रेसलाई घाटा भएको बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपतिसमेत रहेका यादवले चुनावपूर्वको गठबन्धनले नेपाली काँग्रेसलाई घाटा भएको बताएका हुन्।
पार्टीहरूले आफ्नो आदर्श र सिद्धान्त जनतालाई भनेर जनताको मत लिनुपर्ने उनले बताए।
एकले अर्कालाई मत हाल्दा काँग्रेसका कार्यकर्ताहरू पछि पार्टीसँग जोडिएर जान सक्नेमा शङ्का व्यक्त गर्दै उनले काँग्रेसले देशको अगुवाइ गर्न नसक्दा आफूलाई पीडा हुने बताए।