काठमाडौं । सरकारका मुख्य सचिवको आवास पनि प्रधामन्त्री निवाससँगै बालुवाटारमा हुने भएको छ । मुख्य सचिवका लागि प्रधानमन्त्रीनिवास परिसरभित्र ५ करोड ७७ लाख ३८ हजार रुपैयाँ लागतमा सुविधासम्पन्न आवास निर्माण भइरहेको छ ।
हाल बालुवाटार परिसरमा प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशको मात्र निवास छ । कैयौं महत्वपूर्ण विषयमा प्रधानमन्त्रीले मुख्य सचिवसँग नियमित छलफल र संवाद गर्नुपर्ने भएकाले उनको निवास पनि प्रधानमन्त्रीकोसँगै बनाउन लागिएको हो ।
मुख्य सचिवको आवास अन्यत्र हुँदा प्रधानमन्त्रीलाई कतिपय महत्वपूर्ण निर्णय तत्काल लिनुपर्दा कठिनाइ भएकाले सँगै राख्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रशासनिक क्षेत्रको सर्वोच्च पदाधिकारी मुख्य सचिवको सल्लाहकारसमेत हुन्छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।