सोमवारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ : देवेन्द्र पौडेल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सोमवारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ : देवेन्द्र पौडेल


११ चैत्र २०७९, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

शनिबार पार्टीको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबारसम्म गठबन्धनको बैठकमा छलफल गरेर मन्त्रिपरिषद् विस्तार गर्ने बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीलाई गठबन्धनमा रहेका दलहरूले अलग अलग पक्षसँग छलफल गरेर प्रस्ताव बनाउनुस् भन्नुभएको थियो, उहाँले आज गरेको रिपोर्ट अनुसार सबै दलसँग छलफल गर्नुभएको छ । अब भोलिसम्म प्रस्ताव तयार गर्नुहुन्छ र पर्सिसम्म गठबन्धनको बैठक बोलाएर प्रस्ताव गर्नुहुन्छ । प्रदेश सरकार पनि आलोपालो अनुरूप निर्माण हुनेछ र प्रदेश सरकारलाई संघीय सरकारको बजेट र नीति तथा कार्यक्रमसँग जोडेर गतिशील बनाउने छलफल भएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस