काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
काठमाडौँ महानगरले अगामी चैत १५ र १६ गते हुने सम्मेलनमा देशभरका स्थानीय तहका उपप्रमुख र न्यायिक समितिका सदस्यहरूको सहभागिता रहने जनाएको छ ।
महानगरले सम्मेलनमा सहभागी हुनका लागि देशैभरका स्थानीय पालिकाका न्यायिक समितिलाई निमन्त्रणा गरिसकेको छ ।
नेपालको संविधानले स्थानीय पालिकाको उपप्रमुखलाई न्यायिक समितिको संयोजक हुने व्यवस्था गरेको छ ।
सम्मेलनमा सहभागी हुन २१५ जना पालिकाबाट सहभागी हुने काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले बताइन् ।