मतदान गरेलगत्तै प्रधानमन्त्रीले भेटे देउवा र नेपाललाई « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

मतदान गरेलगत्तै प्रधानमन्त्रीले भेटे देउवा र नेपाललाई


३ चैत्र २०७९, शुक्रबार


काठमाडौँ । उपराष्ट्रपति निर्वाचनमा मतदान प्रक्रिया सम्पन्न गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरिरहेका छन् ।

उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न तीन नेताहरू संघीय संसद् भवन वानेश्वर पुगेका थिए । मतदान सकेपश्चात् संसद् भवनभित्र रहेको प्रधानमन्त्री कक्षमा उनीहरू छलफलमा जुटेका हुन् ।

विश्वासको मत, सरकार विस्तार र अन्य समसामयिक विषयमा छलफल भइरहेको बुझिएको छ ।

प्रधानमन्त्री प्रचण्डले तीन दिन पश्चात् अर्थात् चैत ६ मा विश्वासको मत लिँदैछन् । त्यसपश्चात् सरकार विस्तार गर्ने गठबन्धन दलभित्र तयारी छ । रास्वपा, राप्रपा र एमालेले सरकार छाडेपछि १६ मन्त्रालय खालि छन् । संसद् बैठक भने ५ गतेका लागि बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस