६ हजार ६७ सवारी साधन ट्राफिक कारबाहीमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

६ हजार ६७ सवारी साधन ट्राफिक कारबाहीमा


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । दुई दिनभित्र ६ हजार ६७ वटा सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत सोमबार ३ हजार ४ वटा सवारीसाधन ट्राफिक कारबाहीमा परेका थिए। जसमा मापसे १ सय ८,लेन मिच्ने ७८, रेड लाइट ६०, हर्न ३९, नम्बर प्लेट २०, लिडारगन १ सय १, अन्य २ हजार ५ सय ९८ सवारीसाधन कारबाहीमा परेका छन्। 

यस्तै, हिजो (मङ्गलवार) मात्रै ३० हजार ६३ सवारीसाधन कारबाहीमा परेका छन्।

मापसे १ सय २१, लेन मिच्ने ६६, रेड लाइट ४२, हर्न ३९, नम्बर प्लेट २०, लिडारगन १ सय ३१, अन्य २ हजार ६ सय ४४ सवारीसाधन ट्राफिक कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस