४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेस्रो कार्यकाल आगामी पुस्ताले गर्व गर्न लायक बनाउनेछु : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल आगामी पुस्ताले गर्व गर्न लायक बनाउने बताएका छन् । 

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा २६ औँ दिलबहादुर रम्तेल स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकास निर्माणका ठूला परियोजना र सुशासनमार्फत आफ्नो तेस्रो कार्यकाल आगामी पुस्ताले सम्झन लायक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

“नेपालको अहिलेको अर्थतन्त्रलाई अझ बढी सङ्कटतर्फ जान नदिने र सुधारतर्फ लैजाने साह्रै ठूलो दायित्व वर्तमान सरकारको काँधमा छ,” उनले भने, “सुशासन स्थापना गर्ने चुनौती पनि हाम्रो अगाडि छ । मैले त्यसको थालनी गरिसकेको छु ।” प्रधानमन्त्री दाहालले सुशासन र समृद्धिका लागि प्रधानमन्त्रीमा निर्वाचित भए लगत्तै संसद्मा आफूले गरेको प्रतिबद्धता पूरा गरेरै छोड्ने बताए ।

उनले आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई महिना बित्दा नबित्दै अर्थतन्त्रमा सकारात्मक सुधारको सङ्केत देखा परिसकेको भन्दै यो नेपाल र नेपाली जनताका लागि खुसीको कुरा भएको बताए । देशमा सुशासन स्थापना गर्न उच्चस्तरीय प्रशासनिक सुधार आयोग गठन गर्ने र अनावश्यक संरचना, जनशक्तिलाई हटाएर मितव्ययी बनाउने जस्ता गुणात्मक सुधारको थालनी सरकारले गरिसकेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रचण्डले अबको बाँकी जीवन सुशासन तथा समृद्धिका निम्ति र देशको विकासका निम्ति खर्च गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै त्यसका लागि सबै नेपाली जनताको साथ चाहिएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस