२४ सै घण्टा सेवा दिने गरी संयन्त्र निर्माण गर्न परराष्ट्र मन्त्रीको निर्देशन « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

२४ सै घण्टा सेवा दिने गरी संयन्त्र निर्माण गर्न परराष्ट्र मन्त्रीको निर्देशन


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । परराष्ट्र मन्त्री डा.विमला राई पौड्यालले विदेशस्थित सबै नेपाली दूतावासका राजदूत र कूटनीतिक नियोग प्रमुखलाई त्यहाँबाट प्रदान गरिने सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएकी छन् ।

परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजना गरिएको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले नेपाल बाहिर रहेका नेपालीलाई आइपरेका समस्या तत्काल समाधान गर्न पनि आग्रह गरिन् ।

उनले दूतावासहरूलाई मित्र राष्ट्रहरूसँग सम्बन्ध विस्तार गर्न, विकास सहयोग अभिवृद्धि गर्न, नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन र अन्तराष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा उपस्थित भई नेपालको छविलाई उकास्न निर्देशन दिइन्।

विश्वमा छरिएर रहेका नेपालीको ज्ञान, सिप र क्षमताको पहिचान गरी आवश्यक पर्दा नेपालको विकासमा सदुपयोग गर्ने वातावरण बनाउन पनि उनले आग्रह गरिन्।

श्रमका लागि विभिन्न देशमा पुगेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई समस्या आइ पर्दा प्रभावकारी सेवा दिन दूतावासहरूमा २४सै घण्टा सेवा दिने गरी संयन्त्र निर्माण गर्न पनि उनले विशेष जोड दिइन्।

नेपालीहरूले मुलुक बाहिर रहँदा कुनै पनि प्रकारका दुःख पाउन नहुने भन्दै परराष्ट्रमन्त्री पौड्यालले उनीहरूलाई आपत् पर्दा तत्काल राहत र उद्धार गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिइन्।

Tags :
प्रतिक्रिया दिनुहोस