काठमाडौँ । मन्त्रिपरिषद्ले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक संसदमा पेस गर्ने निर्णय गरेको छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार पारेको विधेयकलाई बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।
कानूनमन्त्री ध्रुवबहादुर प्रधानले क्याबिनेटबाट विधेयक स्वीकृत भएको र शुक्रबार संसदमा पेस गरिने बताए । विधेयकमार्फत सरकारले संवैधानिक परिषद् बैठकसम्बन्धी कार्यविधि संशोधन गर्दैछ ।