१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री प्रचण्डले दिए काँग्रेस नेताहरूलाई राष्ट्रपति दिने वचन

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका नेताहरूलाई राष्ट्रपति निर्वाचनमा सहयोग गर्ने वचन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनबारे निर्णय गर्न पार्टीको बैठक बस्नु अघिल्लो दिन आइतबार साँझ काँग्रेस नेताहरूसँग छलफल गरेका थिए । काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापा बालुवाटार पुगेका थिए ।

काँग्रेस र माओवादीबीच संस्थागत रूपमा छलफल गर्ने योजना थियो । माओवादीबाट पनि नारायणकाजी श्रेष्ठ, देव गुरुङ, जनार्दन शर्मा र शक्ति बस्नेत पनि बैठकमा आउने भनिएको थियो । तर खबर गर्न नभ्याएको भन्दै प्रचण्ड मात्र सहभागी भए ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले काँग्रेसलाई राष्ट्रपति दिने बचन मात्र दिएनन्, सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि यो कुरा भनिसकेको सुनाएका थिए ।

काँग्रेस नेताहरुले पनि १० पुसमा गठबन्धन टुट्नु कमजोरी भएको स्वीकार गरेका छन् र, अब बन्ने समझदारीमा जुनसुकै परिस्थितिमा तल–माथि नगर्ने प्रतिबद्धता जनाएका छन् । ‘विगतमा वान टु वान डिल गर्दा सहमति तोकिएका कारण यो पटक उहाँले संस्थागत रूपमा समझदारी गर्न चाहनु भएको छ,’ एक नेता भन्छन्, ‘हामीले पनि जुन समझदारी बनेको छ, यो जुन कुनै अवस्थामा तलमाथि हुन्न भनेका छौँ ।’

स्रोतका अनुसार प्रचण्ड र काँग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच भएको वान टु वान संवादमा सुरुका तीन वर्ष प्रचण्ड प्रधानमन्त्री हुने र बाँकी दुई वर्ष काँग्रेसले सरकारको नेतृत्व गर्ने मोटामोटी समझदारी भएको छ ।

नेताहरूका अनुसार एमाले अध्यक्ष केपी शर्माले चाल्न सक्ने कदमबारे समेत छलफल भएको थियो । ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अघि सार्न सक्ने नेताहरूको आशङ्का छ । प्रचण्डले भने माधव नेपाल स्वयं ओलीतिर जाने पक्षमा नरहेको बताएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई भने ओलीले आफूसँग राखेको प्रचण्डको विश्लेषण थियो ।

बैठकमा नेताहरू एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग तत्काल संवाद गरेर जानुपर्नेमा सहमत देखिएका छन् । एक नेता भन्छन्, ‘काँग्रेस नेताहरुले तत्काल उहाँसँग संवाद गर्ने बनाउनु भएको छ ।’

स्रोतका अनुसार माओवादी, काँग्रेस र जनता समाजवादी पार्टीबीच तत्काल छलफल गर्ने तयारी छ । काँग्रेस नेताहरुले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग छुट्टै छलफल गरेपछि चार दलको बैठक बस्ने भन्दै काँग्रेसका एक नेताले भने, ‘पुरानो गठबन्धन ब्युँतिने पक्कापक्की छ । माओवादीले निर्णय गर्नासाथ यसले औपचारिक पाउँछ ।’

सहमति गरिहाल्न काँग्रेस त हतारिएको छ नै, माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले समेत धेरै ढिला गर्न नचाहेको नेताहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस