भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । भारतबाट नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलको मूल्य यसअघिको तुलनामा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटाएर पठाएको छ । त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आएको निगमले जनाएको छ ।

आईओसीले नेपाल आयल निगमलाई १५-१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँछ । सो नयाँ मूल्यअनुसार निगम र आईओसीबीचबीच कारोबार हुन्छ । अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने गरेको कच्चा तेलको मूल्यमा आईओसीले पठाउने मूल्य निर्भर रहन्छ । 

विगतमा भएको सञ्चित नोक्सानीका कारण निगमले सरकारबाट ७ अर्ब ऋण लिएको छ भने आईओसीलाई करिब ११ अर्ब बक्यौता तिर्न बाँकी रहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस