अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

अस्पताल बन्द गर्ने निर्णय फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह


२९ माघ २०७९, आइतबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घको अस्पतालका आकस्मिक बाहेक सेवा बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ।

राष्ट्रिय ट्रमा सेन्टरका डा. जनिथलाल सिंह माथि शुक्रबार प्रहरीले लाठी चार्ज गरेको विरोधमा सङ्घले आजका लागि देशभरका स्वास्थ्य सेवा प्रदायक संस्थाहरू बन्दको आह्वान गरेको छ।

यता प्रहरीले भने डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरीलाई निलम्बन गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

मन्त्रालयका सह प्रवक्ता डा। समीर कुमार अधिकारीले शनिबार राति विज्ञप्ति जारी गर्दै अस्पताल बन्द गर्ने निर्णयबाट पछि हट्न नेपाल चिकित्सक सङ्घसँग आग्रह गरेका छन्।

सम्बन्धित समाचार : भोलि देशभरका अस्पताल बन्द

Tags :
प्रतिक्रिया दिनुहोस