२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपत्तिको अवस्थामा सत्यतथ्य सूचना सम्प्रेषण गर्न आग्रह

अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले अविरल वर्षा र बाढीपहिरोबाट भएको विपत्तिको अवस्थामा सत्यतथ्य सूचना संकलन तथा सम्प्रेषण गर्न सबै आमसञ्चारका माध्यम, दूरसञ्चार सेवा प्रदायक र सरकारी निकायलाई अनुरोध गरेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा वर्तमान परिस्थितिलाई ध्यानमा राखी बाढी पहिरोबाट भएको जनधन र भौतिक संरचनाको क्षतिका बारेमा सत्यतथ्य एवं विश्वसनीय सूचना प्रवाह गर्न पनि सबै सञ्चार माध्यमलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा विपद्का बारेमा स्थलगतरुपमा समाचार एवं विवरण संकलन तथा सम्प्रेषण गर्दा जिल्लास्थित विपद् व्यवस्थापन समिति, क्षेत्रीय प्रशासन, सुरक्षा समितिसँग समन्वय गरी प्रकाशन गर्न पनि अनुरोध गरिएको छ ।

सूचना संकलनका लागि स्थलगतरुपमा खटिएका सञ्चारकर्मीलाई सूचना उपलब्ध गराउन र आवश्यक सहयोग पु¥याउन पनि मन्त्रालयले जिल्लास्थित सबै सरकारी कार्यालयलाई विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

विज्ञप्तिमा बाढी पहिरोबाट भएको क्षतिको मर्मत हुन लाग्ने समय, मर्मत हुन नसक्ने अवस्था, वैकल्पिक व्यवस्था र बाढी पहिरोले क्षति भएको स्थानमा तत्कालै निजी वा सार्वजनिक संरचना निर्माण गर्न हुने वा नहुने बारेमा समाचार सम्प्रेषण गर्न रेडियो, एफएम र टेलिभिजनलगायत सञ्चार माध्यमलाई आग्रहसमेत गरिएको छ ।

विपद्का समयमा सूचना तथा जानकारी एवं विपद्का बारेमा सतर्कता दिने गरी नेपाल टेलिकम तथा दूरसञ्चार प्रदायकले शुरु गरेको एसएमएस सेवाप्रति विज्ञप्तिमार्फत धन्यवाद दिइएको छ । रासस

प्रतिक्रिया दिनुहोस