‘नो पार्किङ’मा राखेपछि मन्त्रीको गाडीलाई १ हजार जरिवाना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

‘नो पार्किङ’मा राखेपछि मन्त्रीको गाडीलाई १ हजार जरिवाना


२० माघ २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा ‘नो पार्किङ’मा रोकिएको मन्त्रीको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ । पेप्सीकोलास्थित स्टार बैंक्वेट अगाडी पार्किङ निषेध गरिएको ठाउँमा पार्किङ गरेको भेटेपछि बागमती प्रदेश-०३-००१ झ ०१३२ नम्बरको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको हो ।

ह्विल लक गरेर मन्त्रीले प्रयोग गर्ने सो सवारी चालकलाई १ हजारको चिट काटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एकजना अधिकृतले बताए ।

सो गाडी कुन मन्त्रीले प्रयोग गरेका थिए भन्ने ट्राफिक प्रहरीले खुलाएको छैन । शुक्रवार साढे ५ बजेतिर पिक आवरमा सडकमा पार्क गरेको भेटिएपछि सर्वसाधारणको सवारी सरह सो गाडीलाई पनि कारबाही गरिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस