‘एउटा अनागरिकले के गर्छ भन्ने मलाई थाहा छैन’ : रवि लामिछाने  « प्रशासन
Logo ३ असार २०८१, सोमबार
   

‘एउटा अनागरिकले के गर्छ भन्ने मलाई थाहा छैन’ : रवि लामिछाने 


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतले सांसद पद बदर गरिदिएका रवि लामिछाने गृह मन्त्रालयबाट बाहिरिएका छन्।

शुक्रबार साँझ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले उनलाई सर्वोच्चको फैसलाबारे प्रश्न सोधेका थिए।

लामिछानेले आफू अब अनागरिक भइसकेको बताए।

‘म एक अनागरिकलाई तपाईँहरू के प्रश्न सोध्नुहुन्छ,’ उनले भने।

अब के गर्नुहुन्छ ? भन्ने अर्को प्रश्नमा उनले भने-‘एउटा अनागरिकले के गर्छ भन्ने मलाई थाहा छैन’।

उनले आफूले सर्वोच्चको फैसलाको स्वागत गर्ने बताए।   

Tags :
प्रतिक्रिया दिनुहोस