अख्तियारमा गुल्मीका ५७ वटा उजुरी  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

अख्तियारमा गुल्मीका ५७ वटा उजुरी 


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । साउनयता गुल्मीका ५७ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छन्। बुटवलस्थित आयोगको कार्यालयका सूचना अधिकारी रामकृष्ण अधिकारीका अनुसार यस आर्थिक वर्षको सुरुदेखि पुस मसान्तसम्म गुल्मीका ५७ वटा उजुरी परेका छन्।

अधिकारीका अनुसार स्थानीय तहसँग सम्बन्धित २४ उजुरी परेका छन् भने अन्य उजुरी सङ्घ र प्रदेशसँग सम्बन्धित छन्। स्थानीय तहसँग सम्बन्धित उजुरीहरूमा सार्वजनिक खरिद, सडक निर्माण र अन्यमा विद्यालय भवन निर्माण, दिवा खाजालगायत विषय रहेको कार्यालयले जनाएको छ।

कार्यालयमा परेका ५७ वटा उजुरीमध्ये १२ वटा उजुरीको किनारा लागिसकेको छ भने ४५ वटा उजुरीबारे अध्ययन भइरहेको कार्यालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस