काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कल सेन्टरको एउटा नम्बर बन्द भएको छ।
जेठ २३ गतेदेखि सञ्चालनमा ल्याइएको निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ हाल बन्द भएको सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले बताए ।
हाल यस नम्बरको ब्यालेन्स सकिएको कारण बन्द भएको हो।
अहिले ५५११ नम्बरको ब्यालेन्स सकिएको कारण सुविधा उपलब्ध छैन भनेर भनिएको छ । हिजो पैसा सकिएको थियो। पैसा हालेपछि पुनः सुचारु हुने बताइएको छ ।
महानगरका दुई वटा टोल फ्री नम्बर छन्। एउटा पुरानै ११८० नम्बर हो भने अर्को १६६००१०५५११ हो। नयाँ टोल फ्री नम्बरमा पैसा सकिएको कारण अहिले पुरानोमा सम्पर्क गर्न सकिने छ ।
मेयर बालेन शाह आएपछि धेरै मानिसले कल सेन्टरबारे थाहा पाएको कारण पनि सबैलाई नयाँ नम्बर थाहा भएको हो।