एभर्टनका प्रशिक्षक फ्रान्क लाम्पार्ड बर्खास्त « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

एभर्टनका प्रशिक्षक फ्रान्क लाम्पार्ड बर्खास्त


१० माघ २०७९, मंगलबार


काठमाडौँ । एभर्टनका प्रशिक्षक फ्रान्क लाम्पार्ड बर्खास्तमा परेका छन्।

लगातार खराब नतिजा दिएपछि प्रशिक्षकलाई एभर्टनले बर्खास्त गरेको हो। लाम्पार्डको गुडिसन पार्कमा एक वर्षभन्दा कम समयको बसाई रह्यो। गत शनिबार एभर्टनले वेष्टह्यामसँग २-० गोलको पराजय व्यहोरेपछि नै क्लबले लाम्पार्डको विकल्पको खोजी गरेको हो। ​ प्रिमियर लिगमा उनको नेतृत्वमा एभर्टनले १२ खेलमा ९ खेलमा पराजय व्यहोरेको छ।

तालिकाको १९ औँ स्थानमा १५ अंकका साथ रहेको एभर्टन रेलिगेसन हुने सम्भावना पनि धेरै छ। ४४ वर्षीय लाम्पार्डले गत जनवरीमा रफायल बेनिटेजलाई प्रतिस्थापन गरेका थिए।

उनलाई एभर्टनलाई रेलिगेसनबाट बचाउन क्लबले अनुबन्ध गरेको थियो। तर उनको नेतृत्वमा एर्भटन असफल साबित भएपछि पछिल्लो पाँच वर्षमा क्लबले छैटौँ प्रशिक्षकको खोजी गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस