रेशम चौधरीलाई तत्काल रिहा गर्न माग « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

रेशम चौधरीलाई तत्काल रिहा गर्न माग


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं पूर्वमन्त्री जितेन्द्रनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलगायतलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले टीकापुर घटना राजनीतिक घटना भएकाले रेशमलगायतका बन्दीलाई तत्काल रिहा गरेर सरकारले न्याय दिनुपर्ने तर्क गरे। 

उनले मुलुकको राजनीतिक आन्दोलनमा धेरै मान्छे मारिए पनि उनीहरूले न्याय पाएको, तर टीकापुर घटनामा परेकाहरूले न्याय नपाएको भन्दै आक्रोश व्यक्त गरे।

Tags :
प्रतिक्रिया दिनुहोस