बागमतीको मुख्यमन्त्रीमा माओवादीका जमरकट्टेल दाबी गर्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बागमतीको मुख्यमन्त्रीमा माओवादीका जमरकट्टेल दाबी गर्दै


२५ पुस २०७९, सोमबार


काठमाडौँ । बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जमरकट्टेलले आज मुख्यमन्त्रीमा दाबी गर्ने भएका छन्।

जमरकट्टेलले नेकपा (एमाले)र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मुख्यमन्त्री दाबी गर्न लागेका हुन्।

सोमबार मुख्यमन्त्री दाबी प्रदेश प्रमुखको कार्यालयमा जाने माओवादीका प्रदेश सांसद युवराज चौलागाईंले बताए।

जमरकट्टेल यसअघिको कार्यकालमा आन्तरिक मामिला मन्त्री र अर्थ मन्त्री बनेका थिए।

जमरकट्टेल २०६४ मा धादिङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

११० सदस्यीय बागमती प्रदेश सभामा सरकार बनाउने ५६ सिट चाहिन्छ। प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।

सत्तारूढ गठबन्धनका दलहरूले बागमतीको मुख्यमन्त्री माओवादी केन्द्र र एमालेबीच आलोपालो गर्ने सहमति भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस