प्रहरी कार्यालयबाटै भागे बलात्कारका आरोपी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रहरी कार्यालयबाटै भागे बलात्कारका आरोपी


१९ पुस २०७९, मंगलबार


स्याङ्जा । जबरजस्ती करणीका आरोपित २४ वर्षीय रमेश क्षत्री वडा प्रहरी कार्यालय वालिङबाट सोमबार साँझ भागेका छन्।

एक हप्ताअघि पक्राउ परेका उनी अनुसन्धानका क्रममा वालिङ प्रहरी हिरासतमा थिए।

जबरजस्ती करणीको आरोपमा वालिङ प्रहरी हिरासतमा रहेका उनलाई म्याद थपका लागि जिल्ला अदालत ल्याएर वालिङ स्थित कार्यालयको हिरासत कक्षमा लाने बेलामा पर्खाल नाघेर फरार रहेको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

प्रहरी प्रवक्ता समेत रहेका खनालका अनुसार गएरातीदेखि नै खोजी कार्यलाई तीव्र पारिएको छ। हरिनास गाउँपालिका घर भएका क्षेत्री एक महिला बलात्कारको आरोपमा पुस ११ गते पक्राउ परेका थिए।

त्यसदेखि उनी प्रहरी हिरासतमा थिए। उनको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस