३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अग्लो पुलबाट हामफालेर आत्महत्या गर्ने जोडीको शव अस्पतालमा

अ+ अ-

पर्वत । मुलुककै अग्लो झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गर्ने युवायुवती जोडीको शव पर्वत जिल्ला अस्पतालमा राखिएको छ ।

मृतकका आफन्तहरु आएर शव पहिचान नगर्दासम्म अस्पतालमै राखिने भएको हो । आफन्तहरुलाई खबर भइसकेको र आज दिउँसोसम्म आइपुग्ने र त्यसपछि उनीहरुकै सहमतिमा शवपरीक्षण गरिने या शवपरीक्षणका लागि अन्यत्र पठाउने भन्ने निर्णय हुने पर्वतका प्रहरी निरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

पुरानो बागलुङको हरिचौर घर भई हाल ललितपुर उपमहानगरपालिका–१४ बस्ने २५ वर्षीया मुना राना र धरान उपमहानगरपालिका–११ का २६ वर्षीय अकिन गुरुङले पुलबाट एकैपटक हाम फालेर सामूहिक रुपमा आत्महत्या गरेका थिए ।

शनिबार राति १० बजेको समयमा मोदीखोलामा हाम फालेर उनीहरुले आत्महत्या गरेका थिए । खोलामा हाम फाल्ने तयारीका साथ पुलबाट खसेको भए पनि उनीहरु खोला किनारमा करिब ५० मिटरको अन्तरमा खरवारीमा परेका थिए ।

उनीहरु शनिबार घुमघामका लागि भन्दै पर्वत सदरमुकाम कुश्माबजार आइपुगेका हुन् । शनिबारको दिन घुमघामका लागि आएको उक्त जोडी रातिको समयमा नेपालकै अग्लो पुलबाट हाम फालेर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पुलमा रहेको उनीहरुको सामान देखेपछि हाम फालेर आत्महत्या गरेको हुनसक्ने अनुमानका आधारमा उनीहरुको खोजी गरिएको र आइतबार बिहान मोदीको किनारमा जोडीको शव भेटिएको थियो । उनीहरु ट्रेकिङमा आएको पाइएको छ । उनीहरुको झोलामा राति बास बस्ने टेन्ट तथा अन्य बन्दोबस्तीका सामानहरुसमेत रहेका थिए । उनीहरु दुवैका सामान एउटै झोलामा, मोबाइल, पैसासमेत एकै ठाउँमा भेटिएका छन् । उनीहरु प्रेमीप्रेमिका हुन सक्ने अनुमानसमेत गरिएको छ । उक्त घटनाबारे विस्तृत जानकारी आफन्तसँग सोधपुछ गरेपछि मात्र पत्ता लाग्ने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस