२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्काल दूधको मूल्य नबढाउन निर्देशन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय दूग्ध विकास बोर्डले शनिबार वृद्धि गरेको दूधको मूल्य कार्यान्वयन नगर्न निर्देशन दिएको छ। आइतबार बोर्डले सम्बद्ध पक्षसँग छलफल गरेर वृद्धि गरिएको दूधको मूल्य लागू नगर्न भनेको हो।

लागत मूल्य बढेको भन्दै दुग्ध व्यवसायीहरूले प्रतिलिटर १४ रुपैयाँसम्म वृद्धि गरेका थिए।

तर आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपकुमार खरालसहित सम्बद्ध निकायका पदाधिकारीहरूको बैठकले अध्ययनमार्फत उचित मूल्य कायम गर्ने भन्दै बढेको मूल्य घटाउन निर्देशन दिएको दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले जानकारी दिए।

बोर्डले दूध उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ता क्रयशक्ति समेतका आधारमा नयाँ मूल्य कायम गर्ने जनाएको छ।

निर्देशक यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही दुग्ध उद्योगहरूले मिति २०७२।०९।१६ गतेदेखि लागु हुने गरी दूधको मूल्य (खरिद र विक्री) वृद्धि गरेको सम्बन्धमा मिति २०७२।०९।१७ गते श्रीमान् सचिव (कृ. तथा प. वि. मन्त्रालय एवं उपाध्यक्ष रा.दु.वि. बोर्ड) ज्यूको उपस्थितिमा सरोकारवाला निकायहरुवीच बसेको बैठकको निर्णयअनुसार हाल वृद्धि गरिएको दूधको मूल्य स्थगन गरी दूधको उत्पादन लागत मूल्य, बजार मूल्यको वृद्धि तथा उपभोक्ता क्रयशक्तिसमेतको वैज्ञानिक तवरबाट यथाशीघ्र अध्ययन गरी मूल्य समायोजन गर्न सहमति भएकोले सोही बमोजिम गर्न/गराउन हुन सम्बन्धित सबैमा अनुरोध छ।’