२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अक्षरामा नर्वे कप खेल्ने टोलीको बिदाइ

अ+ अ-

काठमाडौं । नर्वेको ओस्लोमा हुने नर्वे कप खेल्न जाने विद्यार्थी फुटबल टोलीलाई बुधबार काडाँघारीस्थित अक्षरा स्कुलमा बिदाइ गरियो ।

जुलाई ३० देखि अगष्ट ५ तारिखसम्म हुने प्रतियोगितामा टोलीले यु–१३ र यु–१६ छात्र उमेरसमूहअन्तर्गत सेभेन ए साइड फर्मेटमा प्रतिस्पर्धा गर्नेछ । टोलीमा आयन सिलवाल, कृष न्यौपाने, निर्भानराज शाक्य, आदित्य सुवेदी, सुमन्श गौतम, श्रृजेश कार्की, ऋत दत्त, गणेश भण्डारी, सुमन गुरुङ, सञ्जय खत्री, ओम दाहाल, प्रवीण कार्की, दीप गुरुङ र निश्चल न्यौपाने रहेका छन् । टोलीको मुख्य प्रशिक्षकमा प्रज्ज्वलप्रतिप क्षेत्री, सहायक प्रशिक्षकमा अमित खड्का र प्रमोद पाण्डे तथा व्यवस्थापकमा सुमन तिमल्सिना छन् ।

टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, अक्षराका चेयरम्यान राधेश्याम खड्का, अक्षराकी प्रिन्सिपल अन्जु भट्टराई, जुनियर फुटबल एकेडेमीका अध्यक्ष रिजन खड्का, थ्री स्टार क्लबका व्यवस्थापक राम श्रेष्ठलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली शुक्रबार नर्वे प्रस्थान गर्ने कार्यक्रम छ । नर्वे बसाइका क्रममा खेलाडीहरु तालिममा पनि सहभागी हुने बताइएको छ ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले जुनियर खेलाडीले प्रतियोगिताबाट राम्रो एक्सपोजर पाउनुका साथै उनीहरुको मनोबल पनि उच्च हुने धारणा व्यक्त गरे ।

अक्षराकी प्रिन्सिपल भट्टराईले अक्षराको विशेष पहलमा विभिन्न विद्यालयका राम्रा फुटबल खेलाडीको टोली चयन गरी प्रतियोगितामा सहभागी गराउन लागेको बताइन् ।

सम्पूर्ण टोलीलाई थ्री स्टारका व्यवस्थापक श्रेष्ठले ट्रयाकसुट प्रायोजन गरेका थिए । सो सामाग्री पनि श्रेष्ठले कार्यक्रममै सम्बन्धितलाई हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस