२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन

अ+ अ-

वालिङ । स्याङ्जाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठनपाठन हुँदै आएको छ। वालिङ नगरपालिका-१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र कार्यरत छन्।

तीन कक्षासम्म मात्र पढाइ हुने उक्त विद्यालयमा तीन शिक्षकको दरबन्दी छ। तर एक वर्षयता अरू शिक्षक नआउँदा आफू एक्लैले विद्यालय धान्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापकसमेत रहेका धनबहादुर हमालले बताए।

‘तीन कक्षासम्म पढाइ हुन्छ, शिक्षक दरबन्दी तीन जनाको छ। तर एक वर्षदेखि मैले मात्र पढाउनु परिरहेको छ’, उनले भने, ‘दरबन्दी काटिएको पनि छैन, अरू शिक्षक हाजिर हुन आएका छैनन्।’

हमाल एक्लैले तीनवटा कक्षा एकसाथ सञ्चालन गर्दै आएका छन। अघिल्लो वर्ष कात्तिकसम्म दुई शिक्षक रहे पनि एकजना बिरामी भएर अवकाश भएपछि गत मङ्सिरदेखि आफू एक्लैले तीनवटा कक्षाका विद्यार्थी हेर्नुपरेको उनले बताए।

‘विद्यालयमा अध्ययनका लागि आउने सबै बालबालिकालाई एउटै कोठामा राखेर कक्षागत समूह–समूह बनाएर पढाउने गरेको छु’, हमालले भने, ‘यसरी कति दिनसम्म चलाउने होला? सरोकारवाला निकायलाई पटकपटक जानकारी गराउँदा पनि पदपूर्ति हुन सकेको छैन।’

भौगोलिकरूपमा विकट ठाउँ भएकाले पनि अन्यत्रबाट यहाँ आउन शिक्षकले इच्छा नदेखाएकाले समस्या देखिएको हुनसक्ने उनको भनाइ छ। १-३ कक्षा सञ्चालनमा रहेको उक्त विद्यालयमा हाल १२ छात्ररछात्रा अध्ययनरत रहेका छन्।

‘लामो समयसम्म शिक्षण पेसामा रहेँ, अब अवकाश लिन खोजेको थिएँ’, हमालले भने, ‘कस्लाई छोडेर जाऊँ, यस्तै अवस्थामा छोड्दा अस्तव्यस्त हुन्छ। त्यस्तो गर्न मनले नि मान्दैन, छोड्न नि सकिरहेको छैन।’

उनलाई कुनै काम विशेषले विद्यालयमा बिदा लिन पनि समस्या भइरहेको छ। विद्यालयकै कामको सिलसिलामा कतै जान परेमा कार्यालय सहयोगी तथा गाउँका अभिभावक खोजेर बालबालिका हेर्ने जिम्मा लगाउनुपर्ने बाध्यता रहेको प्रधानाध्यापक हमाल बताउँछन्।

दरबन्दीअनुसारका शिक्षक नहुँदा विद्यालयमा निक्कै समस्या आइपरेको छ। पठनपाठन कार्यमा समस्या देखिएको वालिङ-१४ का वडाध्यक्ष बोधराज कुँवरले बताए।

यसअघि दुई शिक्षक कार्यरत भएको उक्त विद्यालयमा एक शिक्षकले अवकास लिएपछि एकवर्षदेखि एउटै शिक्षकको भरमा विद्यालय रहेको उनले बताए।

‘अनुगमनका क्रममा विद्यालयमा जाँदा जुन समस्या देख्यौँ त्यसको समाधानका लागि नगरपालिकाको शिक्षा शाखामा जानकारी गराउँदा पनि निकास निस्केको छैन’, उनले भने, ‘नगरपालिकाले दरबन्दी मिलान गरेर छिटोभन्दा छिटो समस्याको समाधान गर्नुपर्छ।’

भौगोलिक विकटता र अपायकमा भएका कारणले पनि शिक्षक जान नखोज्ने भएकाले अब नाम नै किटान गरेर शिक्षक पठाउनुपर्ने उनको माग छ।

भौगोलिक विकटताका कारण यहाँबाट अर्को विद्यालयमा बालबालिका पठाउन पनि कम्तीमा एक घण्टा लाग्छ। वालिङ नगरपालिका-१४ को अर्को विद्यालयमा समायोजन गर्दा पायक नमिल्ने समस्या छ।

वालिङ-१४ कै हुल्काङ वा भीरकोट नगरपालिका-९ को पिपलडाँडा माध्यमिक विद्यालयमा बालबालिका पठाउनुपर्ने हुन्छ।

उक्त विद्यालयमा बालबालिकालाई जान एक घण्टा लाग्छ। सौरीखाल्टा माईस्थान आधारभूत विद्यालय आव २०६६/६७ सम्म १-५ कक्षा सञ्चालनमा रहेको थियो। १-५ कक्षा कटौती गरी हाल १-३ कक्षामात्रै सञ्चालनमा रहेको छ।

वालिङ नगरपालिकाले उक्त विद्यालयमा अर्को कुनै शिक्षक हालसम्म नपठाएको शिक्षा अधिकृत गीता पाठकले बताए। नगरपालिकाले दरबन्दी मिलान सम्बन्धी कार्यविधि बनाउने काम अगाडि बढाएकाले अब छिट्टै समस्याको समाधान हुने उनले बताए।

‘विद्यार्थी सङ्ख्याको अनुपातमा कार्यविधिअनुसार दरबन्दी मिलानका लागि अहिले काम गरिरहेका छौँ’, उनले भने, ‘त्यसलाई अन्तिम रूप दिएर अगाडि बढ्छौँ।’

प्रतिक्रिया दिनुहोस