२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाँगीको सरुवा गर्ने सहमति

अ+ अ-

काठमाडौँ ।  लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीलाई सरुवा गरिने भएको छ।

आन्दोलनरत पक्ष र नगरपालिकाकाबीच बिहीबार बेलुका भएको छलफलपछि अधिकृत डाँगीलाई सरुवा गर्ने सहमति भएको नगर उपप्रमुख लक्ष्मी योगीले प्रशासनलाई बताइन् । 

उनले भनिन्, ‘काम छोडेर असन्तुष्ट कर्मचारीको समूह आन्दोलनमा छ, नगरपालिकाको काम काज रोक्नु भन्दा अधिकृत ज्युलाई सरुवा गर्ने निर्णय भएको छ ।’

वडा अध्यक्षसहित कार्यपालिका सदस्य र आन्दोलनरत कर्मचारीले अधिकृत डाँगीको सरुवाको माग राख्दै बिहीबार लमही नगर विकास समितिको कार्यालय घेराउसँगै कार्यकक्षमा तोडफोडसमेत गरेको उपप्रमुख योगीले बताइन् । 

गत आइतबारदेखि कर्मचारी सेवा प्रवाह ठप्प पारी आन्दोलनमा उत्रिएका थिए। मनोमानी रूपमा प्रमुख प्रशासकीय अधिकृतले काम गरेको भन्दै जनप्रतिनिधि र कर्मचारी आन्दोलनमा उत्रिँदै आएका छन्।

यता प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने सरुवा गरे आफू जान तयार रहेको यस अघि नै प्रशासनलाई बताईसकेका छन्।

सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृतविरुद्ध जनप्रतिनिधि र कर्मचारी आन्दोलित, सरुवा गर्न माग