प्रमुख प्रशासकीय अधिकृतविरुद्ध जनप्रतिनिधि र कर्मचारी आन्दोलित, सरुवा गर्न माग  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध जनप्रतिनिधि र कर्मचारी आन्दोलित, सरुवा गर्न माग 


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । लमही नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको सरुवाको माग गर्दै आन्दोलन गरेका छन् ।

बिहीबार केही वडाध्यक्ष र कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी बस्दै आएको लमही नगर विकासको क्वार्टरमा पुगेर घेराउ गरेका हुन् । आन्दोलनमा उत्रिएका कर्मचारीहरूले डाँगीको नेम प्लेटसमेत तोडफोड गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत डाँगीले मनपरी कर्मचारी हेरफेर र सरुवा गरेकाले आन्दोलनमा उत्रिएको कर्मचारीहरूले बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत डाँगीको सरुवा नभएसम्म आन्दोलन जारी राख्ने कर्मचारीहरूले अडान लिएका छन् ।

यता प्रमुख प्रमुख प्रशासकीय अधिकृत डाँगीले भने आफूले गल्ती नगरेको तर सरुवा गरेपनि जान तयार रहेको बताएका छन् । प्रशासनसँग कुरा गर्दै डाँगीले भने, ‘ मेरो भन्नु केही छैन, मैले कुनै गल्ती गरेको छैन, मेरो सरुवा गरिए म तुरुन्तै जान तयार छु, कार्यकक्षमा तोडफोड गरे भन्ने पनि सुन्नमा आएको छ ।’

नगर प्रमुख जोगराज चौधरीले भने यसबारे केही बोल्न चाहेनन् । उपप्रमुखलाई प्रशासनले सम्पर्क गर्न खोज्दा उनको फेन उठेन भने नगर प्रवक्ताले मोबाइल अफ गरेका छन् । 

लमही नगरपालिकाबाट सरुवा भएको केही हप्तापछि डाँगी पुनः लमही नगरपालिकामा हाजिर भएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस