फुटपाथ खाली गराउन थालेपछि महानगरपालिकामा व्यापारीको धर्ना « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

फुटपाथ खाली गराउन थालेपछि महानगरपालिकामा व्यापारीको धर्ना


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । विराटनगरको मुख्य व्यापारिक क्षेत्रमा रहेको फुटपाथ खाली गराउन थालेपछि व्यापारी आन्दोलनमा उत्रिएका छन् । विराटनगर महानगरपालिकाले फुटपाथ खाली गराउन थालेपछि विरोध गर्दै व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनमा उत्रिएका व्यापारीले सोमबार महानगरपालिकाको कार्यालय अगाडि धर्ना दिए । आफूहरूले फुटपाथ नमिचेको बताउँदै व्यापारीले निर्बाध रूपमा व्यापार गर्ने वातावरण बनाउन माग गरेका छन् ।

सहरको सौन्दर्यकरण वृद्धि गर्न र सर्वसाधारणलाई आवतजावत गर्न सहज बनाउने भन्दै महानगरपालिकाले शुक्रबारदेखि फुटपाथ खाली गर्ने र सडक मापदण्ड मिचेर बनाएका टहरा हटाउने अभियान सुरु गरेको थियो ।

​महानगरपालिकाले गत कात्तिक ३ गते बजार सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै ३५ दिने सूचना सार्वजनिक गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस