स्वास्थ्य मन्त्रालयको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा बैठक सुरु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

स्वास्थ्य मन्त्रालयको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा बैठक सुरु


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा राष्ट्रिय संयुक्त वार्षिक समीक्षा २०७८-०७९ आज देखि सुरु भएको छ ।

भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रको सभाहलमा सुरु भएको वार्षिक समीक्षा भोलिसम्म चल्ने छ। वार्षिक समीक्षाको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानीप्रसाद खापुङले उद्घाटन गरेका छन्।

वार्षिक रूपमा हुने यो समीक्षा बैठकमा मन्त्रालय, स्वास्थ्य विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा महाशाखा, सबै स्वास्थ्य विज्ञान प्रतिष्ठान,सबै संघीय अस्पतालहरूले एक वर्षमा सम्पन्न गरेका काम, उपलब्धि तथा समस्याहरू पेस गर्ने गर्छन्।

बिहान ९ बजे भएको बैठकको प्राविधिक सत्रलाई स्वास्थ्य विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले सम्बोधन गरेका छन् । उनले स्वास्थ्यले लिएको लक्ष्य, सूचक, र रणनीतिहरू कति सफल भए र कति बाँकी छन्, के कस्ता अप्ठ्याराहरू छन् यो बैठकमा आउने बताए । यस अघ दुई वर्ष कोभिड महामारीले गर्दा ७७ सालको सम्मेलन भर्चुअल र गत वर्षको अर्धभर्चुअल भएको थियो।

कोभिड महामारी र यो वर्षको व्यापकरूपमा फैलिएको डेंगु संक्रमण पछि हुन लागेको स्वास्थ्यको समीक्षा बैठकमा स्वास्थ्य सेवामा पछिल्लो समयमा देखिएको चुनौती र समाधानको बारेमा छलफल हुने मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा कृष्ण पौडेलले बताए।

भोलिसम्म चल्ने बैठकमा भाग लिन स्वास्थ्यका वरिष्ठ अधिकारी, विभिन्न निकायका प्रतिनिधिसहितका कर्मचारीहरू अहिले बोडे पुगेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस