२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयातमा लगाएको प्रतिबन्धका कारण वैदेशिक व्यापार घाटा १६ प्रतिशत

अ+ अ-

काठमाडौँ । सरकारले आयातमा लगाएको प्रतिबन्धका कारण नेपालको वैदेशिक व्यापार घाटा कमी आएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको ४ महिनाको वैदेशिक व्यापारको प्रतिवेदनअनुसार गएको वर्षको भन्दा यो वर्ष व्यापार घाटा झन्डै १६ प्रतिशतले घटेको छ ।

४ महिनामा नेपालले ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँको वस्तु आयात गरेको छ । यो गएको वर्षको चार महिनाको तुलनामा १८ दशमलव ८ प्रतिशतले कम हो ।

यस्तै, चार महिनामा नेपालले ५४ अर्ब ७७ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । यो गएको वर्षको तुलनामा ३३.३० प्रतिशतले कमी हो । ४ महिनामा नेपालको व्यापार घाटा ४ खर्ब ७७ अर्ब रुपैयाँ रहेको छ ।

सरकारले निजी प्रयोजनका लागि आयात हुने गाडी, सुपारी लगायतका वस्तुको आयातमा प्रतिबन्ध लगाएपछि व्यापारमा कमी आएको हो । ४ महिनामा नेपालले २२ अर्ब रुपैयाँको खाद्यान्न, तरकारी र फलफूल तथा ३९ अर्ब रुपैयाँको घिउ/तेल आयात गरेको छ ।

यस्तै, ५ अर्ब रुपैयाँको खाद्यान्न उद्योगका लागि कच्चा पदार्थ, १ खर्ब ८ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ, १२ अर्ब रुपैयाँको रासायनिक मल र बिउ, २१ अर्ब रुपैयाँको मार्बल र यसका उत्पादन, ४२ अर्ब रुपैयाँको फलाम र स्टिल आयात भएको छ । यस्तै नेपालबाट ४ अर्ब रुपैयाँको चिया कफी, साढे १५ अर्ब रुपैयाँको घिउ/तेल र बोसो, झन्डै २ अर्ब रुपैयाँको तयारी खाद्यान्न, १ अर्ब रुपैयाँको काठबाट बनेका हस्तकलाका सामग्री, १ अर्ब रुपैयाँको तयारी पोसाक लगायतका वस्तु निर्यात भएको छ ।