काठमाडौँ। सुर्खेत-१ बाट प्रतिनिधिसभामा नेपाली काँग्रेसका पूर्णबहादुर खड्का निर्वाचित भएका छन् ।
बिहीबार साँझ सार्वजनिक मत परिणाम अनुसार खड्काले ४२ हजार ६०७ मत पाएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत पाएका छन् ।