काठमाडौँ । उदयपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका डा. नारायण खड्काले अग्रता कायमै राखेका छन् ।
अहिलेसम्म ३१ हजार ३ सय ९४ मतगणना गर्दा खड्का ११ सय २३ मतले अघि छन्। उनले १३ हजार १० मत प्राप्त गरेका छन् ।
नेकपा एमालेकी मञ्जु कुमारी चौधरीले ११ हजार ८ सय ८७ मत प्राप्त गरेकी छिन् । अब ४५ हजार ३ सय ६२ मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।