काठमाडौँ-१ मा प्रकाशमानलाई रवीन्द्र मिश्रले उछिने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ-१ मा प्रकाशमानलाई रवीन्द्र मिश्रले उछिने


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । काठमाडौँ-१ मा नेपाली काँग्रेसका प्रकाशमान सिंहलाई राप्रपाका रवीन्द्र मिश्रले उछिनेका छन् । 

अपराह्न ४:२० मा सार्वजनिक भएको मतगणना अनुसार मिश्रले २४१७ मतसहित सिंहलाई उछिनेका छन् । 

काँग्रेसका सिंहले २३०२ मत ल्याएका छन् भने तेस्रो एमालेका किरण पौडेलले १४४० मत प्राप्त गरेका छन् । 

उता रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १३६५ मत प्राप्त गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस