साँझ ५ बजेसम्म मतदान स्थगितको सूचना नटाँस्न अधिकृतहरूलाई आयोगको निर्देशन  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

साँझ ५ बजेसम्म मतदान स्थगितको सूचना नटाँस्न अधिकृतहरूलाई आयोगको निर्देशन 


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले विवादका कारण स्थगन भएको मतदान कार्य पुनः सञ्चालन गर्न र साँझ ५ बजेसम्म स्थगितको सूचना टाँस नगर्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।

निर्वाचन स्थगित गर्नुपर्ने भए आयोगको पूर्वसहमति लिनुपर्ने जनाइएको छ ।

“मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सुचारु गर्ने र साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ,” आयोगको फेसबुकमार्फत भनिएको छ, “स्थगित गर्नैपर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनुपर्नेछ ।”

Tags :
प्रतिक्रिया दिनुहोस