रुपन्देहीलाई देशकै उत्कृष्ट जिल्ला बनाउँछौँ : विष्णु पौडेल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रुपन्देहीलाई देशकै उत्कृष्ट जिल्ला बनाउँछौँ : विष्णु पौडेल


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उमेदवार विष्णु पौडेलले रुपन्देहीलाई देशकै मोडल जिल्ला बनाउने बताएका छन् ।

उपाध्यक्ष पौडेलले जिल्लाको विकासका लागि दीर्घकलीन महत्वका केही महत्वपूर्ण आयोजनाहरु सुरु गरिसकेको, कुनै सम्पन्न भइसकेको र केही निर्माणाधीन रहेको बताउँदै आगामी दिनमा रुपन्देहीलाई देशकै मोडल जिल्ला बनाउने दाबी गरे । उनले रुपन्देहीमा निजी क्षेत्रहरुको लगानीको आकर्षण बढिरहेको बताए ।

पौडेलले आगामी दिनमा जिल्लामा झनै लगानीको वातावरणलाई उत्साहित बनाउन विकासका कामलाई तीव्रता दिने बताए । उनले रुपन्देही जिल्लामा मानवीय विकासका पक्षमा शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रलाई बढाउन आवश्यक काम गरिरहेको बताउँदै लुम्बिनीलाई विकासका दृष्टिकोणबाट सम्पन्न बनाउन दीर्घकालीन, रणनीतिक महत्वका पूर्वाधारको निर्माण कार्यलाई तीव्र बनाइरहेको बताए ।

“रुपन्देही विकासका हिसाबले नयाँ र मोडल बन्दै छ । हामीले जनतामा आशा पनि जगाएका छौँ, त्यसले जनतामा अपेक्षा पनि बढाएको छ । हामी औषत गतिमा काम गर्ने नभई तीव्र गतिमा काम गर्न जरुरी छ,” उनले भने, “घोषणापत्रमा राखेका हाम्रा प्रतिवद्धताहरु कार्यान्वयन हुनसक्ने खालका छन् । तर, त्यसका निमित्त हामीले तदनुकुलकै प्रभावकारी प्रयासहरु गर्नुपर्छ ।”

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उमेदवार पौडेलले एमालेले घोषणापत्रमा राखेका प्रतिवद्धताहरु कार्यान्वयन हुनसक्ने मात्रै रहेको भन्दै घोषणापत्र कार्यान्वयनका लागि प्रभावकारी प्रयासहरुको जरुरी रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस