२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देहीलाई देशकै उत्कृष्ट जिल्ला बनाउँछौँ : विष्णु पौडेल

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उमेदवार विष्णु पौडेलले रुपन्देहीलाई देशकै मोडल जिल्ला बनाउने बताएका छन् ।

उपाध्यक्ष पौडेलले जिल्लाको विकासका लागि दीर्घकलीन महत्वका केही महत्वपूर्ण आयोजनाहरु सुरु गरिसकेको, कुनै सम्पन्न भइसकेको र केही निर्माणाधीन रहेको बताउँदै आगामी दिनमा रुपन्देहीलाई देशकै मोडल जिल्ला बनाउने दाबी गरे । उनले रुपन्देहीमा निजी क्षेत्रहरुको लगानीको आकर्षण बढिरहेको बताए ।

पौडेलले आगामी दिनमा जिल्लामा झनै लगानीको वातावरणलाई उत्साहित बनाउन विकासका कामलाई तीव्रता दिने बताए । उनले रुपन्देही जिल्लामा मानवीय विकासका पक्षमा शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रलाई बढाउन आवश्यक काम गरिरहेको बताउँदै लुम्बिनीलाई विकासका दृष्टिकोणबाट सम्पन्न बनाउन दीर्घकालीन, रणनीतिक महत्वका पूर्वाधारको निर्माण कार्यलाई तीव्र बनाइरहेको बताए ।

“रुपन्देही विकासका हिसाबले नयाँ र मोडल बन्दै छ । हामीले जनतामा आशा पनि जगाएका छौँ, त्यसले जनतामा अपेक्षा पनि बढाएको छ । हामी औषत गतिमा काम गर्ने नभई तीव्र गतिमा काम गर्न जरुरी छ,” उनले भने, “घोषणापत्रमा राखेका हाम्रा प्रतिवद्धताहरु कार्यान्वयन हुनसक्ने खालका छन् । तर, त्यसका निमित्त हामीले तदनुकुलकै प्रभावकारी प्रयासहरु गर्नुपर्छ ।”

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उमेदवार पौडेलले एमालेले घोषणापत्रमा राखेका प्रतिवद्धताहरु कार्यान्वयन हुनसक्ने मात्रै रहेको भन्दै घोषणापत्र कार्यान्वयनका लागि प्रभावकारी प्रयासहरुको जरुरी रहेको बताए ।