२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फाल्गुनन्दको १३८ औं जन्मजयन्ती आज मनाइँदै

अ+ अ-

काठमाडौँ । नेपालका १६ औँ राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १३८ औ जन्म जयन्ती आज पूर्वी नेपालसहित देशभर नै जन्म जयन्ती मनाइँदै छ।

विसं १९४२ कात्तिक २५ गते इलामको इभाङ ५ चुक्चिनाम्वा भन्ने ठाउँमा जन्मिएका नरध्वज लिङदेन पछि गएर फाल्गुनन्दको नामबाट परिचित बनेका हुन्। उनको नाम फलामसिंह रहेको पनि कतिपय पुस्तकहरुमा लेखिएको छ।

सानो उमेरमा धेरै बिरामी परेपछि फलामको चुरा लगाउँदा सन्चो हुने र फलामको चुरा लगाएको ब्याक्तिको दीर्घ जीवन बन्न सक्ने जनविश्वासले त्यो समय फलामको चुरा उनलाई हातमा लगाइदिएकाले गाउँमा बोलाउने नाम फलामसिंह परेको जानकारहरूको भनाइ छ।

महागुरु फाल्गुनन्द लिङ्देन १३८ औं जन्म जयन्ती कार्यक्रम नेपालमा मात्र नभएर विदेशमा समेत मनाउने गरिएको छ।

यसैगरी किरात धर्मावलम्बीहरू बसोबास रहेको नेपालको विभिन्न भूभाग, भारत, भुटान, हङकङ, बेलायत, मलेसिया, कतार, दुबई, साउदी, ब्रुनाई, कोरिया, जापान, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानडा, साइप्रस लगायतका मुलुकमा पनि जन्म जयन्ती मनाउने किरात धर्म तथा साहित्य उत्थान सङ्घ केन्द्रीय समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए।

विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएका फाल्गुनन्दलाई किरात धर्मालम्बिहरुले भगवानको रूपमा पूजाआजा गर्ने गरेको पाईन्छ।

समुदायमा रहेको सामाजिक विसङ्गति, विकृतिले गाँजेको भयावह स्थितिलाई देखेर फाल्गुनन्द लिङदेनले विक्रम सर्बत १९८८ वैशाख २५ गते तत्कालिन ‘दश लिम्बुवान सत्रथुम’ का समाजका वरिष्ठ ब्याक्तित्वहरूलाई बोलाएर पाँचथर जिल्लाको फिदिम नजिक लेब्रे कुटीमा उनले सत्य धर्म मुचुल्का बनाएर त्यसलाई लागु गर्न भनेका थिए।

फाल्गुनन्दले किरात सामाजिक मुन्धुम (शास्त्र)को प्रतिपादन, धर्म, भाषा, साहित्यको प्रचार प्रसार, बलि पूजाको अन्त्यका लागि अभियान शुरु, धर्म, संस्कृतिको पुनरुत्थानजस्ता कार्यहरू गरेका थिए। समाज सुधारको उनको योगदानको कदर गर्दै बिस २०६६ साल मङ्सिर १६ गते सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो।