शिक्षकले निजामती कर्मचारीसरह मर्यादा नपाएकोमा आपत्ति « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

शिक्षकले निजामती कर्मचारीसरह मर्यादा नपाएकोमा आपत्ति


२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ । शिक्षक महासङ्घले निर्वाचनमा शिक्षक खटाउँदा मर्यादा नदिएको भन्दै आपत्ति जनाएको छ ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारी छनोटका क्रममा शिक्षकहरूलाई उचित मर्यादा नदिएको महासङ्घको भनाइ छ ।

निर्वाचन आयोगले २६ साउनमा स्वीकृत गरेको निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७९ को दफा ११ (२) कर्मचारी परिचालन नभएको महासङ्घले बताएको छ ।

मतदान अधिकृतको रूपमा माध्यमिक, उच्च माध्यमिक, निमावि प्रथम, द्वितीय र प्रावि प्रथम शिक्षक र शाखा अधिकृत मात्रै हुनुपर्ने, सहायक मतदान अधिकृतमा निमावि तृतीय, प्रावि द्वितीय, प्रावि प्रथम र शाखा अधिकृत मात्र हुनुपर्ने, सहायक कर्मचारीको रूपमा प्रावि तृतीय, बाल विकास शिक्षक, विद्यालय कर्मचारी (सह लेखापाल) मात्र रहनुपर्ने गरी सच्याउन शिक्षक महासङ्घले माग गरेको छ ।

सेवामा नरहेका शिक्षक कर्मचारीलाई समेत खटाइएको तर बहालवाला वरिष्ठ शिक्षकलाई नखटाएको भन्दै महासङ्घले आपत्ति समेत जनाएको छ ।

सम्बन्धित समाचार : चुनावका लागि कर्मचारी छनोटमा त्रुटि भएको भन्दै तत्काल सच्याउन माग

Tags :
प्रतिक्रिया दिनुहोस