पाकिस्तानमा डाकु आक्रमणमा ७ प्रहरीको मृत्यु « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पाकिस्तानमा डाकु आक्रमणमा ७ प्रहरीको मृत्यु


२० कार्तिक २०७९, आइतबार


काठमाडौँ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार डाकुहरूले गरेको आक्रमणमा सात प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

दर्जनौं अपराधीहरूले घोटकी जिल्लाको प्रहरी क्याम्पमा आक्रमण गर्दा सात प्रहरी अधिकारीको हत्या गरेका छन् भने २० जनालाई अपहरण गरेका छन् ।

केही दिनअघि अपहरणमा परेका कैयौं व्यक्तिको रिहाइका लागि अपराधीविरुद्ध अभियान चलाउन उक्त क्षेत्रमा शिविर स्थापना गरिएको हो । घटनालगत्तै ठूलो सङ्ख्यामा प्रहरी टोली घटनास्थलमा पुगेको र उक्त क्षेत्रमा खोजी कार्य जारी रहेको बताइएको छ ।

घटना भएको क्षेत्र थोरै जनसङ्ख्या भएको ठाउँ हो भने लुटपाट अपहरण, फिरौती लगायतका आपराधिक गतिविधिमा संलग्न डाँकुहरूको बलियो बासस्थान पनि हो।

Tags :
प्रतिक्रिया दिनुहोस