२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भिक्टोरिया तालमा यात्रुवाहक विमान दुर्घटनाग्रस्त, पाइलटसहित १७ जना बेपत्ता 

अ+ अ-

काठमाडौँ । तान्जानियाको बुकोबा सहरमा अवतरणको क्रममा तान्जानियाली यात्रुवाहक विमान भिक्टोरिया तालमा दुर्घटनाग्रस्त भएको छ । प्रिसिजनको एयरको उडानमा रहेको यस विमानमा ४३ जना सवार थिए । ती मध्ये २६ जनालाई उद्धार गरी अस्पतालमा पुर्‍याइएको छ । 

उद्धारकर्मी र स्थानीय माझीहरूले घटनास्थलमा जीवित यात्रुहरूको खोजी गरिरहेका छन् । विमान करिब पूर्णतः तालमा डुबेको छ भने यसको खैरो र हरियो रङ्गको पुच्छर मात्र पानी माथि देखिएको छ । 

बुकोबा विमानस्थलको एउटा धावनमार्गको पुछार तालको किनारसँग जोडिएको छ ।

अफ्रिकाकै सबैभन्दा ठूलो भिक्टोरिया तालबाट एटीआर–४२ विमानलाई बाहिर निकाल्न आपतकालीन कार्यकर्ताहरू त्यसलाई डोरीले बाँधेर तान्ने प्रयासमा रहेका छन् ।

दुईजना पाइलट र चालकदलका अन्य दुई सदस्यसहित १७ जना व्यक्ति अझै बेपत्ता रहेका बीबीसीले जनाएको छ ।  

राष्ट्रपति सामिया सुलुहु हस्सनले पीडितहरूप्रति दुःख व्यक्त गर्दै उद्धार कार्य जारी रहेकाले सम्बन्धित सबै पक्षलाई शान्त रहन आह्वान गरेकी छन् । तान्जानियाको सबैभन्दा ठूलो सहर दास एस सलामबाट मवान्जा हुँदै बुकोबातर्फ उड्ने क्रममा विमानले आँधिहुरी र भीषण वर्षाको सामना गर्नुपरेको थियो ।

तान्जानियाको सबैभन्दा ठूलो निजी एयरलाइन प्रिसिजन एयरमा आंशिक रूपमा केन्या एयरवेजको पनि लगानी रहेको छ । सन् १९९३ मा स्थापना भएको यस एयरलाइनले आन्तरिक र क्षेत्रीय उडान सञ्चालन गर्दै आएको छ ।