२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ तिर मुख फर्किएको गठबन्धन मंसिर ४ पछि भत्किन्छ : ओली

अ+ अ-

काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले मंसिर ४ पछि सत्तागठबन्धन भत्किने बताएका छन्। शुक्रबार एमाले कञ्चनपुरको महेन्द्रनगर खुला मञ्चमा आयोजना गरेको विशाल चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले गठबन्धन भत्किने बताएका हुन्।

‘मंसिर ४ पछि गठबन्धन भत्किन्छ,’ अध्यक्ष ओलीले भने, ‘गठबन्धनमा रहेका नेताको ६ तिर मुख फर्किएको छ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले वर्तमान गठबन्धन सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको आरोप लगाए। चुनावपछि एमालेले बहुमत ल्याएर सरकार बनाउने र देशका भएका सबै विद्यमान समस्या हटाउने ओलीको दाबी छ। 

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले पूर्वअध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै पार्टीभित्र रहेका दाजुभाइसमेत लगेर गएको टिप्पणी गरेका छन्।

प्रचण्डले आफ्ना मान्छेका लागि सेटिङ गरेको ओलीले आरोप लगाए। यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेज डडेल्धुराको तुफानडाँडा लगेको बताए। ओलीले कञ्चनपुर ३ बाट वाम-गठबन्धनका उम्मेदवार रमेश लेखकले एमाले पोलिटब्युरो सदस्य निरुदेवी पाललाई नचिनेकोमा आश्चर्य प्रकट गरे।

ओलीले दोधारा-चाँदनीमा दुई वर्षभित्रै महाकाली सिँचाइमा १० क्युसेक पानी पुर्‍याउने, पश्चिमसेती, पञ्चेश्वर, दैजी औद्योगिक क्षेत्र अघि बढाउने, महाकाली पुल, तेस्रो चरण, करिडोरलगायतका विकास निर्माणका काम  अघि बढाउने दाबी गरेका छन्। 

सुदूरपश्चिम विश्वविद्यालय र गेटा मेडिकल कलेज अघि बढाउने आश्वासन दिएका ओलीले एमसिसी एमालेले पास नगरेको बताए। डडेल्धुरामा एमालेले बिपी काँग्रेसका उम्मेदवारलाई सघाउने र भीम रावलले मात्रै कति पटक टिकट पाउने भन्दै प्रश्न गरे। 

प्रतिक्रिया दिनुहोस