काठमाडौँ । निर्वाचन स्थगित गर्न माग गर्दै सर्वोच्च अदालतमा पेस भएको रिट सर्वोच्च अदालतका रजिस्ट्रारले दरपिठ गरिदिएका छन् ।
समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले महिला, सीमान्तकृत, अल्पसङ्ख्यक, पिछडावर्ग तथा अशक्त, लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई उम्मेदवार हुनबाट वञ्चित गरिएको भन्दै निर्वाचन स्थगित गर्न माग गरी रिट पेस गरेका थिए ।
तर उक्त रिट प्रक्रिया पूरा नगरी पेस भएकाले दरपिठ गरिएको जनाइएको छ ।








