काठमाडौँ । आज पनि प्रधानमन्त्री कप क्रिकेटमा २ खेल हुँदै छन् ।
खेल बिहान ९ः३० बजे कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा सुरु हुने कार्यतालिका हो ।
आजको खेलमा कीर्तिपुर मैदानमा कर्णाली र गण्डकी प्रदेश तथा मुलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशबिच खेल हुनेछ ।
मङ्गलवार पनि प्रधानमन्त्री कप क्रिकेट दुई खेल भएका थिए ।