२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीति २ दिनको अस्थायी जागिर होइन, नमरुन्जेल गरिने पेसा हो : पूर्व मुख्यमन्त्री शाही

अ+ अ-

काठमाडौँ । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजनीति दुई दिनको अस्थायी जागिर नभएको टिप्पणी गरेका छन् ।

गृह जिल्ला कालिकोटमा घरदैलो कार्यक्रममा व्यस्त शाहीले राजनीतिलाई अस्थायी जागिर जस्तो नभई नमरुन्जेल गरिने पेसा​को रूपमा लिनुपर्ने बताएका हुन् ।

कालिकोटबाट प्रतिनिधि सभाका लागि गठबन्धनका साझा उम्मेदवार समेत रहेका शाहीले सडक पूर्वाधारको स्तरोन्नति, बिजुली, शिक्षा र युवा स्वरोजगार आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । उनले भने ,‘ चुनाव जित्ने भनेकै केही विकास र परिवर्तन गर्नका लागि हो । भोलि पदमा रहे पनि नरहे पनि, जनप्रतिनिधि भए पनि नभए पनि नमरुन्जेलसम्म गरिने पेसा नै राजनीति हो ।’

उनले जनतामा भ्रम फैलाएर चुनाव जित्ने काम आफूबाट नहुने बताए । ‘हामी जे कुरा सम्भव छ त्यो कुरा मात्रै भन्छौँ र गर्छौँ पनि’ उनले भने, ‘०७० सालमा मैले चुनावमा प्रतिबद्धता गरेका अधिकांश कुराहरू कार्यान्वयन भइसकेका छन् ।’

आफू मुख्यमन्त्री हुँदा कालिकोटमा विद्युत् पुर्‍याउन निकै जोड गरेको बताउँदै उनले अबको केही वर्षभित्र कालिकोटका गाउँ बस्ती पूर्ण रूपमा विद्युतिकरण गरिसक्ने लक्ष्य लिइएको बताए । उनले सडकको ट्रायक ओपन धेरै ठाउँमा भएकाले मुख्य राजमार्गदेखि गाउँ जोड्ने सडकलाई कालोपत्रे गर्नेमा जोड दिइने बताए । अबको एक वर्षभित्र सुनथराली विमानस्थल सञ्चालन गर्नेदेखि मान्म–कोटबाडा केबलकार निर्माण गर्ने उनले आफ्नो चुनावी प्रतिबद्धतामा उल्लेख गरेका छन् ।

साथै उनले आसन्न निर्वाचन पछि कर्णाली सरकार पनि गठबन्धनकै बन्ने दाबी गरे । ‘माओवादी–काँग्रेस जस्ता ठुला पार्टी मिलेको अवस्थामा पराजित हुने भन्ने कुरा नै हुँदैन,’उनी भन्छन् । माओवादी नेता शाहीसँग यो पटक एमालेका नागेन्द्र शाही ‘नेशनल’ले प्रतिस्पर्धा गर्दै छन् ।