२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैलेखको लोकप्रिय भोसो अर्थात् भास्सी परम्परा

अ+ अ-

दैलेख । भोसी कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट, जाजरकोटका जिल्ला तथा सुदूरपश्चिमको अछाम, बझाङलगायतका जिल्लामा खेलिने लोकनृत्यको एक लोकप्रिय संस्कृतिक परम्परा हो । दैलेखका विभिन्न स्थानमा भोसी खेल्ने समय फरक-फरक भए पनि तिथिका हिसाबले तिहारको समयमा अर्थात् कार्तिक कृष्ण चतुर्दशीको रातमा भोसी खेल्ने प्रचलन रहेको छ ।

जिल्ला सदरमुकाम नजिकै रहेको जाहरकोट गाउँलगायतका क्षेत्रमा भोसी अहिले पनि खेल्ने गरिन्छ । दैलेखको जाहरकोट, रावतकोट, लाँकुरी, विन्ध्यवासिनी, सिगौडी, सात्तला, चौराठा तथा दुल्लुलगायतका क्षेत्रमा भोसो संस्कृति कायमै छ ।

भोसो भिन्न–भिन्न नामले परिचित छ । भोसोलाई कतै भुओ, कतै भोसी त कतै भास्सी पनि भन्ने गरेको पाइन्छ । आदिकालदेखि नै यस खेललाई जस्ताको तस्तै (हुबहु) मान्दै आएको पाइन्छ । वर्ष दिनको एकपटक मात्र खेलिने खेल भएकाले पनि यस खेललाई ‘एकदिने खेल’ पनि भन्ने चलन छ ।

यो मुलतः पुरुषप्रधान खेल हो । नारीहरूका लागि रत्यौलीजस्तै भोसोमा पनि अश्लील शब्द प्रयोग गर्ने गरिन्छ । भोसोमा व्यक्त गरिने गालीगलौज विकृतिका रूपमा नभएर सुरुआतकालदेखि नै प्रचलनमा ल्याइएको मान्यता रहिआएको नारायण नगरपालिका–२ का लालबहादुर थापा बताउछन् । उनले पछिल्लो वर्षहरूमा यस्तो अपशब्द बोल्ने चलन हदैसम्म कम भएको बताए । पुर्खादेखि सुरु भएको यो संस्कृति जस्ताको तस्तै संरक्षण गरेर अगाडि लैजान त्यति सजिलो नभएको उनको भनाइ छ ।

भोसो खेलाडीलाई भुआरा भन्ने चलन छ । भोसोमा कोठी बनाइन्छ, जसलाई जलाउने ठाउँलाई अधिकांश क्षेत्रमा भुवाखाडा भन्ने गरिन्छ । भोसो व्यवस्थापन गर्ने मुलीलाई नायक भन्ने चलन छ । त्यस्तै भोसो खेल्दा प्रयोग गर्न सल्लाको दियालोबाट निर्माण गरिने राँको बोक्ने पालकीलाई कोठी भन्ने चलन छ । पहिले–पहिले भोसी खेल सप्ताहव्यापीरूपमा खेलिने गरेको भए पनि पछिल्ला वर्षहरूमा भने छोट्याइएको छ ।

यसरी हुन्छ भोसीको सुरुआत

गाउँका विभिन्न टोलबाट छुट्टाछुट्टै भोसो निकाल्ने परम्परा छ । गाउँका भोसी खेल्ने भुआराहरू जम्मा भएर भोसीको सुरुआत गर्दछन् । भोसीका लागि बनाइने कोठीमा राख्न हप्ता दिन अघिदेखि नै दियालोको (झोरो) को जोहो गरिएको हुन्छ । दियालो राख्न बनाइने कोठी साल वा बाँसको निर्माण गर्ने चलन छ । जसलाई पालकीजस्तो बनाएर चार जनाले काँधमा भोसी गाउँदै अघिपछि गर्ने गर्दछन् ।

लक्ष्मी पूजाको बिहानीपख भोसी सेलाउने चलन हुन्छ । अथवा भोसी समापन गर्ने चलन हुन्छ । नदी वा धारा, मूल नजिक वा भोसो सेलाउने निर्धारित ठाउँ पहिले नै तोकिएको हुन्छ । नारायण नगरपालिका-२ जाहरकोट गाउँको हकमा भोसो सुरुआत गरेको झण्डै दुई किलोमिटर टाढा रहेको भुवाखाडामा भोसो सेलाउने परम्परा रहेको स्थानीय लालबहादुर थापाले बताए । धार्मिक, सांस्कृतिक र सामाजिक मान्यता बोकेको भोसी, धमारी, चुट्किलाजस्ता खेल विशुद्ध ठट्टा र भद्दा मजाक मात्र नभएर सामाजिक सद्भावको बन्धनलाई कसिलो बनाउने उनको भनाइ छ ।

कोठी सेलाएपछि सिलङ्गेडाली, चुट्का, धमारी र मारुनी गाउँदै नाच्दै घरघरमा भैलो खेल्ने, सिलिङ्गी डाली खेल्ने, भैली खेल्ले गरिन्छ । त्यसपछि भोसीको समापन हुन्छ । भोसीको कोठी सेलाइसकेपछि धमारी गाउने अर्को परम्परा रहेको छ । यस भाकाको पनि लोक संस्कृतिमा निकै महत्वपूर्ण स्थान रहेको छ । विशेषगरी विवाह, व्रतबन्धलगायत शुभकार्यको बेलामा धमारी, चुट्किला, माङ्गल गाउने चलन छ । तर पुस्तान्तरण चुनौतीपूर्ण बन्दै गएकोप्रति अगुवाहरू नै चिन्तित देखिन थालेका छन् ।

भोसो संस्कृतिलाई जीवन्त राख्नका लागि पुस्तान्तरण आवश्यक रहेको अगुवाहरू बताउँछन् । वर्ष दिनको एकपटक नाचेर वा गाएर पुरानै लयलाई हुबहु उतार्न नयाँ पुस्तालाई पनि सजिलो नभएको जाहरकोटकी लक्ष्मी थापा बताउछन् । ‘पुर्खादेखिको यो संस्कृतिलाई जगेर्ना गर्नुपर्छ, अनि पुस्तान्तरणमा पनि ध्यान दिनुपर्छ’, थापाले भने ।