२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाद्य विभागको अनुगमन तीव्र, गुलाब स्वीट्सलाई २४ घण्टे अल्टिमेटम !

अ+ अ-

काठमाडौँ । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार नजिकिँदै गर्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन तीव्र पारेको छ । चाँडबाँडका बेला मूल्य, सरसफाइ तथा गुणस्तरमा हुन सक्ने लापरबाहीलाई निरुत्साहन गर्न विभागले अनुगमनमा तीव्रता दिएको हो ।

बुधवार मात्रै विभागले उपत्यकास्थित विभिन्न फुड तथा स्वीट्स बिक्री तथा उत्पादन स्थलहरूको अनुगमन गरेको छ । विभागको खाद्य तथा दाना स्वच्छता एवं गुणस्तर नियमन महाशाखाबाट खाद्य निरीक्षक सन्तोष ढकाल र पदम राज भुसालको टोलीले न्यूरोडस्थित स्वस्तिक स्वीट्स, गौतम स्वीट्स र शालिमार हस्पिटालिटीद्वारा सञ्चालित गुलाब स्वीट्समा अनुगमन गर्न पुगेको थियो ।

अनुगमन तथा निरीक्षणको क्रममा शालिमार हस्पिटालिटीको न्यूरोडस्थित शाखालाई उत्पादन स्थलको सफाइमा ध्यान दिँदै पीटीएम अफ फ्राइङ वइल ३१ पाइएको तेल नष्ट गरेको छ भने त्रिपुरेश्वरस्थित शाखाको चौथो तल्लामा रहेको किचन २४ घण्टाका लागि बन्द गर्दै सफाई पछि पुनः निरीक्षण गराएर प्रयोग गर्न निर्देशन दिएको छ । खाद्य निरीक्षक ढकालका अनुसार किचनमा रहेका भाँडावर्तनहरु फोहोर रहेकोले सफाई गरेर मात्र सञ्चालन गर्न भनिएको हो ।

यसैगरी स्वस्तिक स्वीट्स र शालिमार हस्पिटालिटीलाई पनि मेशिनरी तथा उत्पादन स्थलको सरसफाइमा ध्यान दिँदै फ्राईङ वइलको गुणस्तरमा विशेष ध्यान दिँदै फ्राइङ पश्चात् विसर्जन गरिने तेलको अभिलेख राख्न भनिएको छ ।

विशेषगरी चाँडबाँडका बेला मिठाईजन्य तथा खाद्य पदार्थहरूको प्रयोग अरू समय भन्दा बढी हुने भएकोले उपभोक्ताको स्वास्थ्यलाई ख्यालमा राख्दै चल्तीका र ठुला स्टोरहरूमा अनुगमन तीव्र पारिएको विभागकी महानिर्देशक वैद्यले बताइन् ।

‘नियमित अनुगमन त वर्ष भरी नै भई रहन्छ तर चाँडबाँडमा मिसावट हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उपलब्ध जनशक्तिलाई अधिकतम खटाएका छौँ’ उनले भनिन् ‘खाद्य पदार्थ उत्पादन तथा विक्रिवितरणलगायत गुणस्तरमा कुनै पनि कैफियत भेटिए अन दि स्पोर्ट कारबाही गर्ने देखि सुधार गरेर मात्रै सञ्चालनमा ल्याउन निर्देशन दिने गरेका छौँ’