२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय कंग्रेसका नयाँ अध्यक्षमा ८० वर्षका खड्गे निर्वाचित

अ+ अ-

काठमाडौँ । छिमेकी मुलुक भारतमा भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा ८० वर्षीय मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन्।

बुधबार दिउँसो सार्वजनिक भएको मतपरिणामअनुसार खड्गे ७८९७ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी ६६ वर्षीय शशि थरूरले १०७२ मत मत ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ४१६ मत बदर भएका थिए।

थरूरले हार स्विकार्दै खड्गेलाई बधाई तथा शुभकामना दिएका छन्।

खड्गेको जितसँगै भारतीय कंग्रेसको नेतृत्व गान्धी परिवारबाट बाहिर गएको छ। गान्धी परिवार बाहिरका भए पनि गान्धी परिवारसँग उनको निकट सम्बन्ध छ। यो चुनावमा गान्धी परिवारले उनैलाई सघाएको भारतीय राजनीतिक वृत्तमा चर्चा छ।

८० वर्षीय खड्गेले अबको १८ महिनापछि हुने लोक सभा चुनावमा कङ्ग्रेसलाई नेतृत्व गर्नेछन्।

उनले पार्टीको पुनर्संरचना गर्ने मुद्दा अघि सारेका छन्। पार्टीका संरचनामा ५० मानिस ५० वर्षमुनिका राख्ने उनको योजना छ।

कर्नाटकाका खड्गे दलित समुदायका हुन्। उनको राजनीतिक जीवन निकै लामो छ। अहिले उनी भारतको माथिल्लो सदन राज्य सभाका सदस्य छन्।

कङ्ग्रेसले २२ वर्षपछि चुनाव गरेर नेतृत्व चयन गरेको हो।

सन् २००० मा सोनिया गान्धीले जितेन्द्र प्रसादलाई हराएर कंग्रेसको नेतृत्व सम्हालेकी थिइन्।

गान्धी परिवारको विशेष पकड रहेको कङ्ग्रेसमा उनी लगातार २०१७ सम्म अध्यक्ष भइन्। त्यसपछि उनका छोरा राहुल गान्धी बिना चुनाव अध्यक्ष चुनिए।

सन् २०१४ को आम चुनावमा पराजय व्यहोरेको कङ्ग्रेसले सन् २०१९ को आम चुनाव पनि हारेपछि राहुलले राजीनामा दिएका थिए।

राहुलले राजीनामा दिएपछि सोनिया फेरि कङ्ग्रेसकी अध्यक्ष बनेकी थिइन्।