२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्याजदर वृद्धिको विरोधमा उद्योगी-व्यवसायीले गरे प्रदर्शन

अ+ अ-

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाहरूले ब्याज दर बढाएको विरोधमा रुपन्देहीका उद्योगी व्यवसायीहरूले प्रदर्शन गरेका छन् । बैङ्कको व्याजदर एकल अङ्कमा झार्नुपर्ने, असोज मसान्तमा बुझाउनुपर्ने व्याजको किस्ता तिर्ने समयावधि थप गर्नुपर्ने उनीहरूको माग छ ।

बैङ्क तथा वित्तीय संस्थाहरूले लिने प्रिमियम दर १ प्रतिशत भन्दा बढी बनाउन नहुने, बैङ्कले सुरुमा लगानी गरेको व्याजदर कम्तीमा १ वर्षसम्म ऋणीको सहमतिविना बढाउन नपाइने, चालु पुँजीको नियम तत्कालै लागू गर्दा उद्योगी व्यवसायीहरूलाई कठिन हुने भएकाले कम्तीमा आर्थिक अवस्था सहज भएपछि लागू गर्न माग गरिएको छ ।

बुटवल उद्योग वाणिज्य सङ्घ, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, तिलोत्तमा उद्योग वाणिज्य सङ्घ, देवदह उद्योग वाणिज्य सङ्घ र सैनामैना उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।

विरोध प्रदर्शनपछि बोल्दै उद्योगी व्यवसायीका अगुवाहरूले कोभिड-१९ को महामारीबाट थलिएको निजी क्षेत्र तरलता अभाव र चर्को ब्याजदरका कारण बन्द गर्नुपर्ने स्थितिमा पुगेको गुनासो गरे ।