३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पताल सुधार्न खोज्दा सरुवाको धम्की

अ+ अ-

भक्तपुर । अस्तव्यस्त बन्दै गएको अस्पतालको सेवा सुधार्न खोज्दा अस्पतालकै चिकित्सकदेखि कर्मचारी समेतले सरुवाको धम्की दिएको भक्तपुर जिल्ला अस्पतालको सुपरिटेन्डेन्ट डा. सुधा देवकोटाले बताएकी छिन् ।

डा. हरि केसीको सरुवा भएपछि सो पदमा सरुवा भएर आएकी देवकोटाले अस्पतालको सेवा सुधार्दै २४ सै घन्टा सेवा दिने निर्णय गरेपछि सरुवाको धम्की आएको बताएकी हुन् ।

अस्पतालको तलब खाएर निजी अस्पतालमा जाने र ११ बजे आएर २ बजेपछि क्लिनिक जाने यहाँका चिकित्सकलाई पूरै समय अस्पतालमा रहेर सेवा दिन आग्रह गर्दा डा. सरिता श्रेष्ठ र डा. जमुना किरण पौडेलले उल्टै कर्मचारीको हस्ताक्षर गराएर सरुवा गर्ने धम्की दिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार आमा सुरक्षा कार्यक्रम अन्तर्गत २४ सै घन्टा प्रसूति सेवा दिनेगरी आएकी डा पौडेल भक्तपुर अस्पतालमा केही घन्टा मात्रै बसेर अन्य समय गठ्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पतालमा नियम विपरीत गएर सेवा दिएपछि सुपरिटेन्डेन डा. देवकोटाले २४ सै घन्टा सेवा दिन निर्देशन दिएकी थिइन् ।

क्वार्टरको सुविधा लिएर अस्पतालकै सवारी साधनको समेत दुरुपयोग गरी अन्यत्र गएर सेवा दिएको पाइएपछि त्यसलाई रोक्न खोज्दा विवाद भएको प्रशासनको भनाइ छ ।

त्यसैगरी अस्पतालमा सातामा दुई दिन आएर ६ दिनको हाजिर गर्दैआएकी अर्की डा. सरिता श्रेष्ठलाई प्रत्येक दिन अस्पतालमा सेवा दिन डा. देवकोटाले निर्देशन दिंदा विवाद चर्किएको थियो ।

प्रशासन कर्मचारीकाअनुसार सातामा दुई दिन अस्पतालमा आउने र अन्य दिन निजी क्लिनिकमा जाने गरेकी डा. श्रेष्ठले एकै पटक छ दिनको हाजिर गर्दा पनि प्रशासन प्रमुख मौन बसेकाले समस्या आएको हो ।

मेडिकल सुपरिटेन्डेन्टमा डा. देवकोटा आएपछि डा. श्रेष्ठलाई पूरै समय भक्तपुर अस्पतालमा सेवा दिन निर्देशन दिएकामा उनले सरुवाको धम्की दिएपछि दुई जनाबीच बोलचाल नै बन्द भएको प्रशासनका कर्मचारीको भनाइ छ ।

विवादबीच डा. पौडेल र डा. श्रेष्ठले केही दिनयता अस्पतालमा थप समय काम गर्न थालेपनि अस्पतालमा कर्मचारीबीच नै बोलचाल बन्द हुँदा व्यावहारिक समस्या भएको कर्मचारीको गुनासो छ ।

केही चिकित्सक र कर्मचारीको मिलेमतोमा ल्याबलगायतका विभिन्न परीक्षण एवम् एक्सरेका लागि बाहिर क्लिनिकमा पठाउने र यहीँ उपचार हुने रोगको समेत उपचार नगरी निजी अस्पतालमा पठाउँदै आएकामा अहिले त्यसलाई रोकेर अस्पताल मै सेवा दिन सुरु गरेको अस्पतालको दाबी छ । अहिले एक्सरे, ल्याब, फार्मेसी, प्रसूति र आकस्मिक सेवालाई २४ सै घन्टा सञ्चालनमा ल्याइएको छ ।

मेडिकल सुपरिटेन्डेन्ट डा. देवकोटाले अस्पतालको सेवा सुधार गरेको दाबी गर्दै भनिन्– “अहिले सबै चिकित्सकलाई नियमित गराएको छु, काम नगरी निजी क्लिनिक जाने चिकित्सकलाई यहाँ नियमित गराएको छु, ओपिडी सेवालाई विस्तार गराएको छु, राति पनि अस्पतालमा चिकित्सकलाई अनिवार्य बस्ने व्यवस्था गरेको छु ।”

अस्पतालको सेवालाई सुधार्न खोज्दा सरुवा गर्ने धम्की आए पनि त्यसको पर्वाह नगरी काम गरेको बताउँदै उनले यहाँ उपचार हुनै नसक्ने बाहेक अरु बिरामीलाई बाहिर नपठाउने र रिक्त रहेको जनशक्ति पठाइदिन स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरेको बताइन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्काले केही समयभित्रै अस्पतालमा आईसियु सेवा समेत सञ्चालन गर्ने तयारी गरेको बताउँदै अस्तव्यस्त रहेको अस्पतालको सेवालाई सुधार्दै नमुनाको अस्पताल बनाउने प्रयास भएको बताए ।

प्रतिक्रिया दिनुहोस