२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालेनका काका सत्यनारायणले पनि दिए स्वतन्त्र उम्मेदवारी

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेका बालेन्द्र साह (बालेन) का काका इन्जिनियर सत्यनारायण साहले पनि प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनले धनुषा ३ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनी महोत्तरी एकडाराका हुन् । तर कर्मभूमि जनकपुर भएकाले धनुषा ३ लाई आफ्नो चुनावी क्षेत्र बनाएका हुन् । मेकानिकल इन्जिनियरबाट रिटायर्ड साहले पछिल्लो समय आफ्नो लेख रचनाका मार्फत तराई मधेसका राजनीतिक, आर्थिक, सांस्कृतिक समस्यालाई उजागर गर्दै आएका थिए ।

तराई मधेसमा देखिएको विकृति र विसङ्गतिको समाधान राजनीतिक प्रणालीबाट मात्र सुधार गर्न सकिने भएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताए । आफूले चाहेको भए राजनीतिक दलबाट पनि टिकट लिन सक्ने उल्लेख गर्दै उनले सबैको सर्वप्रिय व्यक्ति बन्न स्वतन्त्र नै उम्मेदवारी दिएको बताए । 

बालेन काठमाडौँ महानगरपालिकाको मेयरमा चुनाव लड्दा आफूहरूको कुनै सहयोग नरहेको पनि उनले बताए ।

बालेनले सहयोग गर्न चाहे भने आफूले नरोक्ने उनको भनाइ छ । राजनीतिक शुद्धीकरण अभियानमा लागेका उनले स्वतन्त्रबाट जित्नसके संसदबाट देशमा देखिएको बेथितिको अन्त्य गर्नतर्फ लागिपर्ने बताए । 

धनुषा ३ मा सत्ता गठबन्धनबाट लोसपाका कार्यकारिणी सदस्य अनिल कुमार झा, जसपा र एमाले गठबन्धनबाट जुली महतोले पनि उम्मेदवारी दिएका छन् । उनीहरू प्रतिस्पर्धा गर्नका लागि साहले स्वतन्त्रमा उम्मेदवारी उनले दिएका हुन् ।