कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो, आयोगमा बुझाउने जिम्मा मुख्य सचिव पौडेललाई « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो, आयोगमा बुझाउने जिम्मा मुख्य सचिव पौडेललाई


१६ आश्विन २०७९, आइतबार


काठमाडौँ । समानुपातिकको बन्दसूची संशोधनमा सहमति जुटेको छ । सहमति अनुसार संशोधित सूची निर्वाचन आयोगमा बुझाउने जिम्मा केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ ।

‘लगातार २४ घण्टा बसेको बैठकमा सहमति जुट्यो, सहमति अनुसारको संशोधित सूची निर्वाचनमा आयोगमा बुझाइन्छ,’ नेपाली कांग्रेसका एक पदाधिकारीले भने । सहमति कसरी जुट्यो र संशोधित सूची कस्तो बन्यो भन्ने सार्वजनिक हुन बाँकी छ ।

निर्वाचन आयोगमा यसअघि बुझाइएको समानुपातिकको बन्दसूची सच्याउन आज साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले बन्दसूचीमा असहमति जनाउँदै संशोधनका लागि दबाव दिएको थियो । यसअघि नेपाली कांग्रेसले बुझाएको १०९ जनाको बन्दसूचीमा कोइराला पक्षका १३ जनामात्र परेका थिए । ती १३ जनालाई कम प्राथमिकता दिएर पुछारतिर राखिएपछि कोइराला पक्ष रुष्ट थियो । कोइराला पक्षले ४० प्रतिशत सहभागिता हुनुपर्ने माग गर्दै दबाव सिर्जना गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस